ठेगनी देवी बन्दै सारिका


Sarika-Ghimireग्ल्यामर नेपाल, काठमाडौं । करिब दुई वर्ष अघि चितवनको माडीमा घटेको एक घटनालाई आधार बनाएर फिल्म ‘रक्त भोग’ निर्माण हुने भएको छ । फिल्मले बोक्सी प्रथालाई पर्दामा उतार्नेछ । दुई वर्ष अघि माडीमा बोक्सीको आरोपमा ठेगनी देवीले ज्यान गुमाएकी थिईन् । फिल्ममा नायिका सारिका घिमिरेलाई ठेगनी देवीको भूमिकामा देख्न सकिने भएको छ । गाउँमा एउटा बच्चा मर्दा बोक्सीको आरोप लागेको ठेगनी देवीको मृत्यु र अहिले उनको परिवारको स्थितिलाई फिल्ममा देखाईनेछ ।

बीबी फुँयालले निर्देशन गर्ने फिल्ममा कृष्णराज तिवारी प्रमुख कार्यकरी निर्माता र रामचन्द्र लम्साल निर्माताका रुपमा रहेका छन् । फिल्ममा सारिकाबाहेक ज्योति सापकोटा, कृष्णराज तिवारी, शैलेश पौडेल, रामचन्द्र लम्साल, रचना पौडेलको समेत अभिनय रहनेछ । हाल फिल्मको छायांकन भइरहेको छ । कुल ५० लाख रुपैंयाँको लागत रहने फिल्मका छाँयाकार पवन गौतम रहेका छन् ।

SUBSCRIBE 👉