बेल्जियममा फिल्म बनाउँदै प्रदिप, अधकट्टीका दुई गीत सार्वजनिक


wilson-bikram-ashishma-nakarmi-gaurav-pahadi-pradip-bastola-pradeep-uday-subrat-acharyaग्ल्यामर नेपाल, काठमाडौं । नेपालका सफल निर्माताहरुको सूचीमा पर्ने नाम हो, प्रदिपकुमार उदय । यी निर्माता एकपछि अर्को राम्रा फिल्म बनाउँदै आईरहेका छन् । उनले निर्माण गरेको पछिल्लो फिल्म ‘अधकट्टी’को हाल डबिङको काम भईरहेको छ। सञ्चारकर्मी सुब्रत आचार्यको डेब्यु निर्देशन रहेको फिल्मले सोमबार राजधानीमा आयोजना गरेको गीत सार्वजनिक कार्यक्रममा निर्माता प्रदिपले एउटा अनटाइटल प्रोजेक्ट र अर्को फिल्म ‘नमस्ते नेपाल’को निर्माण घोषणा गरे ।

कार्यक्रममा ‘अधकट्टी’को डान्सिङ नम्बर गीत ‘कोकाकोला’ र ‘ओए ओए’बोलको गीत सार्वजनिक गरिएको थियो । ती गीतमा क्रमशः अशिष्मा नकर्मी र प्रदिप बास्तोला तथा गौरव पहाडी र रिस्ता बस्नेतले फिचरिङ गरेका छन् । निर्देशक सुब्रतले फिल्म पूर्णत मनोरञ्जनपूर्ण भएकाले दर्शकले मनपराईदिनेमा आशा व्यक्त गरे भने कलाकार विल्सनविक्रम राई र अभिनेत्री अशिष्माले फिल्ममा काम गर्दाको अनुभव सुनाए ।

wilson-bikram-ashishma-nakarmi-gaurav-pahadi-pradip-bastolaनिर्माता प्रदिपका अनुसार ‘नमस्ते नेपाल’मा प्रदिपसँगै श्रीजु शाह र बेल्जियम निवासी श्याम श्रेष्ठको लगानी रहनेछ भने निर्देशक चर्चित नृत्य निर्देशक राजु शाहले गर्नेछन् । फिल्ममा सविन श्रेष्ठ, गोपाल ढकाल, श्याम श्रेष्ठ र बेल्जियमकै कलाकार आना, अडि र जर्जले अभिनय गर्नेछन् । बेल्जियम, फ्रान्स, जर्मन तथा युरोपका अन्य मुलुकमा छायांकन हुने फिल्ममा राजु शाह, चरण प्रधानको नृत्य, राजेशपायल राई, प्रल्हाद तिमिल्सिना, मिलन अमात्य, सोनाली सोताङको स्वर, बसन्त सापकोटा र ओम सुनुवारको संगीत, चन्द्र पन्तको द्वन्द्व र दिव्य सुवेदीको छायांकन रहनेछ । फिल्मको लगानी ७५ लाखको लगानी रहने निर्माण पक्षले जनाएको छ ।

प्रदिपका अनुसार ‘नमस्ते नेपाल’ पूर्ण रुपमा व्यावसायिक किसिमको हुनेछ । ‘फिल्ममा देशप्रेमको कुरा पनि रहनेछ, तर पूर्ण रुपमा देशभक्ति फिल्म भने बन्ने छैन,’प्रदिपले भने,‘किनभने म जहिल्यै पनि व्यावसायिक फिल्ममा जोड दिन्छु ।’ यो फिल्मको सुटिङ आगामी अक्टोबरबाट सुरु हुनेछ भने ३० दिनमा सुटिङ सकिनेछ । फागुनबाट सुटिङ हुने अनटाइटल फिल्मको निर्देशन भने ऋषि लामिछानेले गर्नेछन् ।

SUBSCRIBE 👉