कार्तिक १४ मा एउटा साथी, दुई गीत सार्वजनिक


rista-basnet-john-tamang-salon-basnet-laxman-subediग्ल्यामर नेपाल, काठमाडौं । सञ्चारकर्मी लक्ष्मण सुवेदीको डेब्यु निर्देशन रहेको फिल्म ‘एउटा साथी’का दुई गीत सार्वजनिक भएको छ । फिल्ममा रहेको ‘खाली खाली’ र ‘शितल पवनलाई सोधन’ बोलका दुई गीत सार्वजनिक भएका हुन् । यी गीतमा क्रमशः नवनायक जोन तामाङ र अभिनेत्री अनु शाह तथा सलोन बस्नेत र रिस्ता बस्नेतले फिचरिङ गरेका छन् ।

पहिलो निर्माता शोभित बस्नेत फिल्मबाट हटेपछि रामचन्द्र खनालले फिल्ममा लगानी गरेका थिए । कार्यक्रममा निर्देशक बस्नेतले फिल्म आगामी कार्तिक १४ गतेबाट अल नेपाल रिलिज हुने बताए भने फिल्मको फष्टलुक पनि सार्वजनिक गरिएको थियो ।

rista-basnet-john-tamang-salon-basnetफिल्ममा शिशिर भण्डारी, नारायण पुरी, करिश्मा श्रेष्ठलगायतले पनि अभिनय गरेका छन् । टंक बुढाथोकीको संगीत, रामजी लामिछाने र गम्भीर विष्टको कोरियोग्राफी, राजेन्द्र खड्गीको द्वन्द्व र गणेशकुमार श्रेष्ठको छायांकन रहेको छ । फिल्मले युवापुस्ताको रोमान्टिक प्रेमकथालाई समेटेको छ ।

SUBSCRIBE 👉