तडकभडकविहिन सफलता मनाउँदै ‘कोहिनूर’


Kohinoor-Filmग्ल्यामर नेपाल, काठमाडौं । फिल्मी व्यापारमा सर्वाधिक रेकर्ड कायम गरेको स्व.श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म ‘कोहिनूर’ ले आगामी शनिवार राजधानीमा फिल्मको सफलताको कार्यक्रम गर्ने भएको छ । दर्जन बढी हलमा प्रदर्शनको ५१ दिन मनाउने तयारी गरिरहेको फिल्मले ऐतिहासिक सफलतामा जोडिएका सम्पूर्ण सहयोगीप्रति कृतज्ञता प्रकट गर्न कार्यक्रम गर्न लागेको हो । यो फिल्म गत साउन २३ गतेबाट अल नेपाल रिलिज भएको थियो ।

फिल्मका निर्मातामध्येका एक चन्द्रप्रसाद श्रेष्ठका अनुसार सूचा तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालको समेत उपस्थिति कार्यक्रममा फिल्ममा आवद्ध सम्पूर्ण सदस्य, हलवाला, वितरक, सञ्चारकर्मी र अन्य सहयोगीलाई ट्रफीसहित प्रशंसा पत्र प्रदान गरिनेछ ।

निर्देशक आकाश अधिकारीले कार्यक्रम तडकभडकविहिन हुने बताए । उनका अनुसार कार्यक्रममा स्व.श्रीकृष्ण पत्नी अभिनेत्री श्वेता खड्कासहित परिवारका सदस्य समेत उपस्थित हुनेछन् । श्रीकृष्णको साउन २४ गते भारतको गंगाराम अस्पतालमा बोन क्यान्सरका कारण निधन भएको थियो ।

SUBSCRIBE 👉