रीमा र नम्रताको प्रेम असफल


reema-bishwokarma-and-namrata-sapkota

Reema Bishwokarma and Namrata Sapkota

ग्ल्यामर नेपाल, काठमाडौं । नायिकाद्वय रीमा विश्वकर्मा र नम्रता सापकोटाबीच धेरै समानता छ। दुवै हिरोइन म्युजिक भिडियो हुँदै ठूलो पर्दामा प्रवेश गरेका हुन्। तर दुर्भाग्य दुवैको फिल्मी करिअर अपेक्षा अनुरुप अगाडी बढ्न सकेको छैन्। झण्डै चार वर्ष अगाडी ‘स्वर’बाट डेब्यु भएकी रीमाका ‘त्यो दश घण्टा’, ‘ऋतु’लगाएतका फिल्म रिलिज भए तर कुनै सफल भएनन्। ‘अन्तराल’बाहेक नम्रताले दोस्रो फिल्म पाएकी छैनन्। त्यसैले आजकल दुवै हिरोइन म्युजिक भिडियोमै रमाईरहेका छन्। यसरी करिअरलाई सफलतातिर धकेल्न नसकेका रीमा र नम्रता प्रेममा पनि असफल भएको खबर बाहिरीएको छ।

reema-and-samir

Reema Bishwokarma and Amir Sheakh

लामो समयदेखी रीमा मोडल तथा व्यापारी अमिर सेखको प्रेममा थिइन्। ‘ऋतु’को प्रिमियरमा उनीहरुको प्रेम छचल्किएको थियो। विहेको सुरसारमा रहेको हल्लाले बजार तातेको थियो तर यहीबेला उनीहरुको सम्बन्ध टुंगिएको दाबी गरिएको छ। विवाहको बिषयमा उनीहरुबीच मनमुटाव उत्पन्न भएको बताइन्छ।

namrata-and-sagar

Namrata Sapkota and Sagar Shrestha

यता, सागर श्रेष्ठको प्रेममा डुबेकी नम्रता पनि एक्लो भएकी छिन्। सागरसँग डेटमा रमाएका तस्विरहरुले नम्रताको फेसबुक टाइमलाइन रंगिएको हुन्थ्यो तर अब यो लगभग इतिहास भएको छ। उनले एक अनलाइनसँगको कुराकानीमा ‘कुनै पनि सम्बन्ध दिगो हुँदैन र विचार मिल्दैन भने नजिक हुनुको अर्थ नभएको’ प्रतिक्रिया दिएकी छिन्।

SUBSCRIBE 👉