‘लज्जा’को लागि लाजमर्दो पब्लिसिटी


Shilpa-Pokhrel-Chhabiraj-Ojha

Chhabiraj Ojha and Shilpa Pokhrel

ग्ल्यामर नेपाल, काठमाडौं। छविराज ओझा नेपाली फिल्मका पुराना र अनुभवी निर्माता हुन्। उनले बनाएका आधा दर्जनभन्दा धेरै फिल्म हिट छन्। त्यसैले उनलाई फिल्म बनाउन मात्र होइन्, चलाउन पनि माहिर निर्माता मानिन्छ तर पछिल्लो फिल्म ‘लज्जा’को प्रमोशनका लागि भने उनले सस्तो पब्लिसिटीको सहारा लिन थालेका छन्। फिल्मकी हिरोइन शिल्पा पोखरेलसँग विवाहको हल्ला चलाएका छन्।

कान्तिपुर टेलिभिजनको फिल्मी कार्यक्रम रजतपटसँगै कुरा गर्दै उनले आफूलाई साथी चाहिएकाले शिल्पाले हुन्छ भने आफू हाम फालेरै जाने खुलासा गरेका हुन्। “शिल्पा जस्तो राम्रो केटीले प्रपोज गरे ओके भनिहाल्छु नि !”, उनले भनेका छन्। जबकी रेखा थापासँग सम्बन्ध टुटेपछि अर्को विवाह नगर्ने बताउँदै आएका थिए। सोही कारण ‘लज्जा’ रिलिज हुने समयमा विवाहको हल्ला चलाएकोले कतिपयले यसलाई ‘चिप पब्लिसिटी’को संज्ञा दिएका छन्।

रजतपटसँगकै कुराकानीमा छविले अर्को एउटा लोक हसाउने अभिव्यक्ति दिएका छन्। उनले शिल्पा नै अहिलेकी नम्बर १ नायिका भएको दाबी गरेका छन्, जबकी उनी अभिनित कुनै फिल्म रिलिज भएका छैनन्। उनको कामको वास्तविक परीक्षण हुन बाँकी छ। त्यसैले स्वभाविक रुपमा छविका यी सबै अभिव्यक्ति ‘लज्जा’लाई निशुल्क चर्चा दिलाउनका खातिर सार्वजनिक गरिएका हुन भन्ने प्रमाणित हुन्छ। अझ फिल्म रिलिज हुने बेलासम्म उनका यस्ता उरनठेउला कुरा कति सुन्नु पर्ने हो ? नवल नेपाल निर्देशित यो फिल्म ७ कात्तिक ७ मा रिलिज हुँदैछ। रेखासँग अलग भएर बनाएको पहिलो फिल्म ‘लोफर’ सुपरफ्लप भएकाले पनि छवि ‘लज्जा’को प्रमोशनमा ज्यान प्राण फालेर लागेका छन् भन्ने हल्ला सिने नगरीमा सुनिन थालेको छ।

भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉