कोहिनूरले मनायो ५१ दिन, निर्देशकलाई ५ लाखको सम्मान


IMG_4832ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली फिल्म क्षेत्रमा हालसम्मकै सर्वाधिक रकम कमाउन सफल फिल्म ‘कोहिनुर’ले प्रदर्शनको ५१ औं दिन पुगेको अवसर पारेर राजधानीमा विशेष कार्यक्रम गरी सञ्चारकर्मी, कलाकार तथा प्राविधिकलाई सम्मान गरेको छ । गत साउन २३ गतेबाट अल नेपाल प्रदर्शनमा आएको फिल्मले करिब ११ करोड माथिको ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ ।

IMG_4839प्रदर्शनको दुई दिनमा फिल्मले अत्यन्त न्यून व्यापार गरे पनि फिल्मका प्रमुख कलाकार श्रीकृष्ण श्रेष्ठको निधन भएपछि यसले आक्रामक रुपमा व्यापारको सिँढी चढेको थियो । कार्यक्रममा फिल्मका निर्मातामध्येका एक शम्भु श्रेष्ठले अभिनेता श्रीको सम्झनामा प्रतिष्ठान खोल्ने योजना सुनाउँदै उनको नाममा पूर्ण कदको प्रतिमा बनाउनका लागि सरकारसँग जग्गा माग गरे ।

IMG_4816सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा फिल्मका उपत्यका वितरक सुनिल मानन्धरले फिल्मका निर्देशक आकाश अधिकारीलाई ५ लाख रुपैंयाँसहितको सम्मान प्रदान गरे । फिल्मकर्मीको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा मन्त्री रिजालले आफुले कलाकारलाई सेलिब्रेटी कार्ड दिने तयारी गरिरहेको बताउँदै बजारमा कलाकारको वर्गीकरण गर्ने भन्ने बारे आएको समाचार गलत भएको जनाए । फिल्मकी अर्की कलाकार स्वेता खड्का अस्वस्थ्य भएपछि कार्यक्रममा सहभागिता जनाईनन् । निर्देशक अधिकारीका अनुसार फिल्मले ११ वटा हलमा ५१ दिन मनाएको छ ।

SUBSCRIBE 👉