प्रदिपको फिल्ममा पुरानाको कमब्याक


Namaste-Nepalग्ल्यामर नेपाल, काठमाडौं । यूरोपका विभिन्न शहरमा धमाधम छायांकन भईरहेको फिल्म ‘नमस्ते नेपाल’मा पूराना कलाकारहरुले कमव्याकको मौका पाएका छन् ।

झण्डै डेढ दशकदेखि कलाकारिताबाट टाढिएर युरोपमा बसिरहेकी अभिनेत्री पार्वती अधिकारीसहित खलनायक नरेन्द थापा, अभिनेत्री कमला दाहाल र निर्देशक सनमकुमार बैराग यसै फिल्ममार्फत कमव्याक गर्न लागेका हुन् । अभिनेत्री पार्वती, अभिनेता नरेन्द्र र निर्देशक बैराग १६ बर्षपछि र अभिनेत्री कमला ७ वर्षपछि फिल्ममा फर्किएका हुन् । कुनै समय तमिल फिल्ममा समेत काम गरेकी कमलाले खेलेको नेपाली फिल्म ‘सपनाको नौलो संसार’ हो भने निर्देशक बैरागले निर्देशन गरेको फिल्म ‘श्रद्धाञ्जली’ थियो । पार्वती र नरेन्द्र पनि एकताका फिल्मका स्थापित कलाकार हुन् ।

Narendra-Thapaनिर्माता प्रदीप उदयका अनुसार दशक पछि फिल्मी अभिनयमा कमब्याक गर्न पाउँदा उनीहरु निकै हर्षित छन् । हाल बेल्जियममा छायांकन भईरहेको फिल्मका निर्देशक चर्चित कोरियोग्राफर राजु शाह हुन् । फिल्मको हाल ४० प्रतिशत छायांकन सकिएको छ । फिल्ममा बेल्जियमकी अभिनेत्री आनाका साथमा नेपाली कलाकार सविन श्रेष्ठ र गोपाल ढकाल (छन्दे) मुख्य भूमिकामा छन् । फिल्ममा चन्द्र पन्तको एक्सन र दिव्य सुवेदीको छायांकन रहेको छ । फिल्म युनिट तिहारपछि स्वदेश फर्किने निर्माण पक्षले जनाएको छ ।

SUBSCRIBE 👉