विवाहले रोक्यो दियाको मताधिकार


Diya-Mirzaबलिउड अभिनेत्री दिया मिर्जा हाल विवाहको तयारीमा व्यस्त छिन् । आगामी शनिवार उनी आफ्नो विजनेस पार्टनर साहिल संघासँग लगनगाँठो कस्दैछिन् । लामो समयदेखि प्रेममा मस्त यो जोडीले प्रेमलाई विवाहमा पूर्णता दिन लागेको हो । दियाले प्रेमीलाई पतिका रुपमा पाउन लागे पनि एउटा राम्रो अवसरबाट भने बञ्चित हुन पुगेकी छन् ।

विवाहको तयारीकै कारण हालै भारतमा सम्पन्न निर्वाचनमा भोट दिने अधिकारबाट बञ्चित हुन पुगेकी छन् । उनले ट्वीटरमा मुम्बईमा आफुले पहिलोपटक भोट दिन नपाएको उल्लेख गरेकी छन् । ‘यदि मेरो विवाह हुने थिएन भने म पक्कै पनि भोट दिन्थे, तर त्यो अवस्था आएन ।’ उनले ट्वीटेकी छन् ।

दियाले दिल्लीमा विवाह गर्दैछिन् । ‘रहना है तेरे दिल मे’ र ‘परिणीता’ जस्ता फिल्ममा काम गरेर दिया चर्चित बनेकी हुन् । सामाजिक सेवामा बढी व्यस्त रहने दिया फिल्म निर्माणको तयारी पनि गर्दैछिन् ।

SUBSCRIBE 👉