माइकल ज्याक्सनको कमाई सर्वाधिक


Michael-Jacksonहलिउड पपस्टार माइकल ज्याक्सनले संसार छोडेको ५ वर्ष पुगे पनि कमाईको मामलामा उनी अझै पनि अगाडि नै छन् । विश्वप्रसिद्ध पत्रिका फोब्र्सले हालै सार्वजनिक गरेको एक सूचीले मरेर गए पनि ज्याक्सनको कमाई अन्य स्टारको भन्दा धेरै गुणा अगाडि रहेको देखाएको छ । यी पपस्टारले सन् २०१४ मा लगभग १४ करोड डलर अर्थात ८ दशमलब ६२ अर्ब रुपैंयाँ कमाएका छन् ।

माइकल पछि १९७७ मा निधन भएका गायक एब्लिव प्रेसले साढे ५ करोड डलर कमाएको फोब्र्सले जनाएको छ । सूचीको तेस्रो स्थानमा कार्टूनिस्ट चाल्र्स शूल्ज छन् जसले चार करोड डलर आम्दानी गरेका छन् ।

समाचार अनुसार माइकल लगातार दुई वर्षसम्म सूचीको सबैभन्दा अग्रस्थानमा रहेका छन् । उनी अघिल्लो वर्ष पनि सूचीको पहिलो स्थानमा थिए । सन् २०१२ मा भने ज्याक्सन दोस्रो स्थानमा थिए जबकी यो साल अभिनेत्री एलिजावेथ टेलर पहिलो स्थानमा थिईन् । सन् २०११ मा निधन भएकी टेलर २५ मिलियन डलर कमाएर सूचीमा चौथो स्थानमा आफुलाई पारेकी छन् । त्यस्तै बोब मार्ले दुई करोड डलरका साथ पाँचौं, गायक जोन लेननले १ दशमलब २ करोड डलर कमाएर सातौं स्थानमा परेका छन् ।

SUBSCRIBE 👉