बलिउडका भिलेन गम्भीर अवस्थामा


Sashidevफिल्ममा भिलेको भूमिकामा दर्शकले रुचाएका बलिउडका दिग्गज अभिनेता सदाशिव अमरापुरकर अस्पतालमा हाल गम्भीर अवस्थामा उपचाररत छन् । उनलाई दुई हप्ता अघि अस्पतालमा भर्ना गरिएको थियो । उनकी छोरी रिमाका अनुसार उनको स्वास्थ्यमा केही सुधार आएको छ ।

६४ वर्षे सदाशिव घाँटीको समस्याबाट पीडित छन् । ‘तीन दिन अघि बुवाको हालत बिग्रिएको थियो, उहाँको घाँटीमा एउटा गाँठो देखिएको थियो जसले गर्दा श्वास लिन समस्या भएको थियो । उहाँको अवस्था अहिले स्थिर छ ।’ रिमाले भनेकी छन् ।

फिल्ममा नकारात्मक भूमिका निभाएका सदाशिवले फिल्म ‘अर्ध सत्य’बाट ‘फिल्म फेयर बेष्ट सर्पोटिङ एक्टर’ र ‘सडक’मा नकारात्मक भूमिका निभाउनका लागि ‘बेष्ट एक्टर’को अवार्ड पाएका थिए । ‘सडक’मा उनले महारानी नामको एक तेस्रो लिंगी महिलाको भूमिका निभाएका थिए । उनी सन् २०१३ मा फिल्म ‘बम्बे टाकिज’मा अन्तिम पटक देखिएका थिए ।

SUBSCRIBE 👉