‘एउटा साथीलाई कमजोर बनाएको छैन्’


Laxman-Subediग्ल्यामर नेपाल, काठमाडौं ।
लामो समयदेखि फिल्मी पत्रकारिता गर्दै आएका पत्रकारहरु फिल्मकै निर्देशनमा एकपछि अर्को गर्दै आइरहेका छन् । डब्बु क्षेत्री, सुुब्रत आचार्य पछि पत्रकार लक्ष्मण सुवेदीसम्म आइपुग्दा यी तिनै जनाको फिल्म प्रदर्शनको तयारीमा जुटिरहेका छन् । विगत १४ वर्षदेखि फिल्म सम्बन्धी कलम चलाउँदै आएका पत्रकार सुवेदीले डेब्यु निर्देशन गरेको फिल्म ‘एउटा साथी’ आगामी शुक्रबारबाट देशभरका करिब पाँच दर्जन हलमा एकसाथ प्रदर्शनमा आउँदैछ ।

निकै प्रतिक्षित फिल्ममा पर्ने यो फिल्म प्रति सञ्चारमाध्यमसँगै फिल्मकर्मीको पनि ध्यान केन्द्रित भइरहेको छ । सधैं फिल्मको समाचारसँगै फिल्मको राम्रो नराम्रो कुराको खुला रुपले समिक्षा गर्दै आएका पत्रकारले बनाएको फिल्म चाहिँ कस्तो होला भन्ने चासो अहिले सर्वत्र छ । ‘मेरो फिल्म विशुद्ध लभस्टोरी फर्मुलाको छ, जहाँ दर्शकले एक्सन र कमेडीको स्वाद पनि पाउनेछन्,’निर्देशक लक्ष्मण भन्छन्,‘फिल्ममा मनोरञ्जनका सबै विधा समेटिएका छन्, मैले फिल्म मात्रा पुर्याएर बनाएको छु।’

rista-basnet-john-tamang-salon-basnet-laxman-subediलक्ष्मणले आफ्नो  फिल्मले युवादेखि प्रौढ पुस्तालाई समेटेको बताए । ‘विगतलाई छोडेर वर्तमानमा बाँच्नुपर्छ भन्ने सन्देश बोकेको यो संस्कारिक पारिवारिक फिल्म हो,’पहिलो पटक फिल्म निर्देशनको अनुभव सुनाउँदै उनले भने,‘पहिलो चोटी निर्देशन गर्दा अलिक डर लागे जस्तो भयो, तर काम गर्दै गएपछि निकै रमाइलो पनि भयो । मैले फिल्मलाई कमजोर बनाएको छैन ।’

फिल्ममा सलोन बस्नेत, अनु शाह, शिशिर भण्डारी, रिस्ता बस्नेतदेखि जोन तामाङ, करिश्मा श्रेष्ठलगायतका पुराना तथा नयाँ कलाकार पनि छन् । सबै कलाकारले आफ्नो भूमिकालाई न्याय गरेको निर्देशक लक्ष्मणले बताए । लक्ष्मणको फिल्म लागेकै दिन सुपरहिट फिल्म ‘लुट’का निर्देशक निश्चल बस्नेतको फिल्म ‘टलकजंग भर्सेस टुल्के’ पनि प्रदर्शन हुँदैछ । दुई फिल्म प्रतिष्पर्धा हुँदा अप्ठ्यारो लागेको छैन ? भन्ने प्रश्नमा लक्ष्मण भन्छन्, ‘एकसाथ दुई फिल्म लाग्नु स्वाभाविक हो, किनभने यहाँ एकै हप्तामा ६,७ वटा नेपाली फिल्म जुधेको पनि रेकर्ड छ, विगतलाई हेर्दा अहिले दुईवटा फिल्म हलमा लाग्नु नयाँ कुरा होईन । मेरो र निश्चलजीको फिल्ममा प्रतिष्पर्धा हुन्छ जस्तो लाग्दैन ।’

रामचन्द्र खनाल निर्माता रहेको फिल्ममा टंक बुढाथोकीको संगीत, रामजी लामिछाने र गम्भीर विष्टको कोरियोग्राफी, राजेन्द्र खड्गीको द्वन्द्व र सुमन तण्डुकार तथा गणेशकुमार श्रेष्ठको छायांकन फिल्ममा छ । पत्रकारद्वय डब्बु क्षेत्रीको ‘राहदानी’ र सुब्रत आचार्यको ‘अधकट्टी’ पनि प्रदर्शनको तयारीमा छ ।

SUBSCRIBE 👉