कार्तिक २१ पुग्यो एउटा साथी, भटभटे सार्वजनिक(भिडियो)


aauta-jSathiग्ल्यामर नेपाल, काठमाडौं ।
कार्तिक १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘एउटा साथी’ले अन्तिम घडीमा आएर प्रदर्शन मिति सारेको छ । सञ्चारकर्मी लक्ष्मण सुवेदीको डेब्यु निर्देशन रहेको फिल्म आगामी कार्तिक २१ गतेबाट प्रदर्शनमा आउनेछ ।

निर्देशक सुवेदीका अनुसार प्राविधिक कारणले फिल्मलाई सार्नु परेको हो । अघिल्लो हप्ता प्रदर्शनमा आएका दुई फिल्म ‘लज्जा’ र ‘स्टुपिड मन’ले फिल्म हलमा होल्ड ओभर कायमै राखेपछि फिल्मको प्रदर्शन मिति सारिएको हुनसक्ने अनुमान गरिएको छ । युवापुस्ताको प्रेमलाई प्रस्तुत गरिएको फिल्मका निर्माता रामचन्द्र खनाल रहेका छन् । फिल्ममा अनु शाह, जोन तामाङ, सलोन बस्नेत, रिस्ता बस्नेत लगायतको अभिनय रहेको छ ।

यसैबीच फिल्मको नयाँ गीत ‘भटभटे’ सार्वजनिक गरिएको छ । टंक बुढाथोकी र सुधा रत्नको स्वर रहेको गीतमा टंककै शब्द छ । गीतमा फिल्मकै कलाकारहरुले फिचरिङ गरेका छन् ।

SUBSCRIBE 👉