आमाको सम्झनामा वृद्धवृद्धालाई दीपाश्रीको सेवा


Deepa-Shreeग्ल्यामर नेपाल, काठमाडौं ।
एकताका फिल्मकी नायिका हुँदै हाल चर्चित हाँस्य कलाकार बनेकी दीपाश्री निरौलाले आफ्नो आमाको २४ औं पुण्य तिथिको मौका पारी तीनकुनेस्थित निसहाय वृद्धाश्रमका वृद्धवृद्धालाई खाना खुवाएकी छन् । उनले आश्रममा बस्ने ४२ जना वृद्धवृद्धालाई खाना खुवाएकी हुन् ।

‘आमाको पुण्यतिथिको बेलामा म प्रायः यहाँ आइरहन्छु, जसले गर्दा मलाई आत्मसन्तुष्टि मिल्छ, एकछिन भएपनि असहाय आमा बुबाहरुको उज्यालो मुख हेर्न पाउँदा आनन्द महसुस गर्छु’। दीपाले भनिन् । उनकी आमा गीतादेवीको ४२ बर्षको उमेरमा सेफ्टीसेमियाको कारणले निधन भएको थियो । काठमाडौंमा आमाको निधन हुँदा दीपा विराटनगरमै टेष्ट परीक्षा दिइरहेकी थिईन् । जसकारणले पनि उनलाई अन्तिम अवस्थामा आमालाई भेट्न नपाउँदा निकै पीडाबोध भएको रहेछ ।

आमा जिउँदो रहँदा आफ्नो सफलता देखाउने उनको चाहना पुरा नभए पनि आफुलाई आमाको आशिर्वाद भने लागिरहने उनको बुझाई छ । त्यसकारणले पनि उनी हरेकवर्ष आफ्नी आमाको पुण्य तिथिमा वृद्धाश्रममा गएर असहाय आमाबुबाहरुलाई भेट्ने गर्छिन ।

SUBSCRIBE 👉