बाग्मतीको इन्ड क्ल्याप, पत्रकार संघलाई सहयोग


Bagmati-Movieग्ल्यामर नेपाल, काठमाडौं ।
बागमती जति नै प्रदुषित र फोहोर भए पनि त्यसको पवित्रतामा कसैको शंका रहँदैन भन्ने सन्देश बोकेको फिल्म ‘बागमती’ले शनिवार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मको सुटिङ सकिएको औपचारिक जानकारी गराएको छ । दक्षिण भारतीय फिल्मकर्मीहरुले निर्माण गरेको फिल्मले सुटिङको ४५ औं दिनमा इन्ड क्ल्याप गरेको हो ।

कार्यक्रममा निर्धारित समय १ बजे नै आइपुगेका फिल्मका अभिनेता राजेश हमालले फिल्मको तारिफ गर्दै फिल्मले बाग्मती नदी भन्दा पनि त्यसको पवित्रतालाई सांकेतिक रुपमा प्रस्तुत गरेको बताए । अभिनेत्री केकी अधिकारीले फिल्ममा काम गर्दाको अनुभव सुनाईन् । फिल्ममा शिव श्रेष्ठ, मुकुन्द श्रेष्ठ, ध्रुव कोइराला, कञ्चन ठकुरीलगायतका कलाकारवले अभिनय गरेका छन् । ट्री इन्टरटेन्मेन्टको ब्यानरमा दिनेश दर्शनधारी र विजय सत्यालले निर्माण गरेको फिल्मका लेखक वतथा निर्देशक सन्नी(केरला) हुन् ।

निर्माता दर्शनधारीका अनुसार छायांकन अवधीसम्ममा नै २ करोड रुपैंयाँ खर्च भइसकेको छ । पूर्ण मनोरञ्जनात्मक, पारिवारिक र सन्देशमूलक भनिएको यो फिल्मको प्रमुख पात्र बागमतीझैं समय र परिवेशका कारण विकृत र विसंगतयुक्त भए पनि अन्ततः आफ्नो उद्देश्यमा पवित्र नै हुन्छ भन्ने कथा फिल्मले बोकेको छ ।

माघे संक्रान्तिको मौका पारेर प्रदर्शनको तयारी गरेको फिल्मको सबै पोष्टप्रोडक्सनको काम भारतमै गरिने निर्माण पक्षले जनाएको छ । कार्यक्रममा फिल्म युनिटले चलचित्र पत्रकार संघलाई ३० हजार १ सय ११ रुपैंयाँ सहयोगको घोषणा गरेको छ ।

SUBSCRIBE 👉