राजेशको फेरिएको कुराउने बानी…


Rajesh-Hamal-Featred-in-Bagmati-Movieग्ल्यामर नेपाल, काठमाडौं ।
राजेश हमाल अतिथी भएको कार्यक्रम निर्धारित समयभन्दा ढिलो हुनु परम्परा जस्तै बनिसकेको छ। हरेक फिल्मी कार्यक्रममा ढिला पुगेर आयोजक र अन्य अतिथीलाई हैरान पार्नु उनका लागि सामान्य हो तर पछिल्लो केही समययता राजेश भनेकै समयमा कार्यक्रम हलमा उपस्थित हुन थालेका छन्। खासगरी फिल्ममा डिमान्ड घटेर फुर्सद पाएपछि अरु कुराउने उनको पुरानो बानी फेरिएको हो।

शनिबार अनामनगरस्थित युनियन हाउसमा भएको एक कार्यक्रममा उनी निर्धारित समयभन्दा केही अघि नै पुगेका छन्। उनी अभिनित फिल्म ‘बागमती’को प्रेशमिट १ बजे तोकिएको थियो तर उनी त्योभन्दा १५ मिनेट अगाडी नै हलमा छिरेका थिए। उनी पुग्दा फिल्मका निर्देशक सन्नी र नायिका केकी अधिकारीसमेत उपस्थित भएका थिएनन्। बरु उनी पुगेपछि कार्यक्रमको तीव्र तयारीमा जुटेका थिए। सधैं अरुलाई कुराउने राजेशले आज आफैंले कुर्नुपरेको दृश्यले पत्रकारहरुमा राम्रो चर्चा पाएको थियो।

SUBSCRIBE 👉