रानी र आदित्यको लगनगाँठो आगामी भ्यालेनटाइनमा

rani-mukherjee-weddingएजेन्सी, मुम्बई । अभिनेत्री रानी मुखर्जीको विवाह मिति तय भएको छ। रानीले निर्माता निर्देशक आदित्य चोपडाकासँग लगन गाँठो कस्न लागेकी हुन्। आगामी फेब्ररी अथार्त भ्यालेन्टाइन डेका दिन यी दुवैको विवाह तय भएको छ। रानी र आदित्यको विवह भारतको जोधपुर स्थित उम्मेद भवनमा गरिने भएको छ। अहिले बिबाहको तयारीमा रानी आदीत्य दुबै लागेका छन्। विवाहका लागी सो पार्टीप्यालेस पनि बुकिङ गरिएको छ।

यसराज ब्यानरका प्रमुख आदित्य र चर्चीत अभिनेत्री राखीको बिबाहमा बलिउडका धेरैजसो सेलीब्रेटीका सहभागिता पनि रहने छ। यो विवाह बलिउड सेलीब्रेटीका यस बर्षको पहिलो विवाह हुनेछ। विवाह मन्डपमा पुरै सुरक्षाका लागी आदित्यले विशेष व्यबस्था अपनाउने भएकी छन्।