कानूनी झमेलामा आमिर खान


Aamir-Khanबलिउड अभिनेता आमिर खानले आफ्नो टेलिभिजन कार्यक्रम ‘सत्यमेव जयते’ मार्फत समलैगिकताको प्रोत्साहन गरेको आरोप लगाउँदै चण्डीगढको एक अदालतले खानविरुद्ध जवाफ माग गरेको छ । अधिवक्ता मनदीप कौरले दायर गरेको निवेदनलाई स्वीकार्दै अदालतका न्यायधिश जसविन्दर सिंहले आमिरको नाममा नोटिस जारी गर्दै १९ डिसेम्बर भित्र अदालतमा उपस्थित हुन उर्दी जारी गरेका छन् ।

आमिर विरुद्ध समलैंगिकताका विषयमा उच्चतम न्यायलयले दिएको आदेशको उल्लंघन गरेको आरोप अदालतमा छ । समलैंगिकताको विषयमा गत १९ अक्टोबरमा टेलिभिजनबाट कार्यक्रम प्रसारण भएको थियो । उक्त कार्यक्रममा आमिरले किन्नरी र समलिंगीको जीवन शैली तथा अधिकारका बारेमा चर्चा गरेका थिए । अभिनेताले शोमा आइपीसीको धारा ३७७ मा संशोधनका लागि मतदान गर्न आम मानिसमा अपिल गरेको आरोप अधिवक्ता कौरको छ ।

SUBSCRIBE 👉