जनावरलाई अवार्ड समर्पण


Emma-Watsonआफुले पाएको अवार्ड कलाकारहरुले फिल्मका अन्य सहकर्मी तथा फिल्मप्रति समपर्ण गर्छन । तर हलिउडकी एक नायिकाले भने आफुले पाएको अवार्ड जनावर प्रति समर्पित गरेकी छन् । नायिका एमा वाट्सनले हालै पाएको ‘ब्रिटानिया अवार्ड’ जनावर प्रति समर्पित गरेकी हुन् ।

समाचार अनुसार पहिलो फिल्म ‘ह्यारी पोर्टर’मा काम गर्दा फिल्मको सुटिङ सेटमा उनको घरपालुवा जनावरको हृदयघातका कारण निधन भएको थियो । ‘बाफ्टालाले मलाई विशेष रुपमा सम्मान दिएकोमा म अत्यन्त खुशी छु, ब्रिटिस फिल्म मेरा लागि काम गर्ने स्थान मात्र होईन, यो मेरो प्रतिभालाई उजागर गर्ने प्लेटफर्म पनि हो,’ २४ वर्षे अभिनेत्रीले भनेकी छन्,‘त्यसकारणले मैले यो अवार्ड ह्यारी पोर्टरको सेटमा निधन भएको मेरो जनावर प्रति समर्पण गर्न चाहन्छु ।’

उनले आफ्नो जनावरको निधन हुँदा फिल्म युनिटले देखाएको सदासयता प्रति पनि आभार व्यक्त गरेकी छन् ।

SUBSCRIBE 👉