रहेनन् बागबान निर्देशक चोपडा


Rabi-Chopadaचर्चित बलिउड फिल्म ‘बागबान’का निर्माता तथा निर्देशक रवि चोपडाको निधन भएको छ । उनको नयाँदिल्लीस्थित ब्रीच क्याण्डी अस्पतालमा निधन भएको हो ।

साता अघि नशाको रोगबाट पीडित उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको निधनका विषयमा परिवारले केही जानकारी नदिए पनि उनको कार्यालयले ढिलो गरी निधनको समाचार मिडियालाई दिएको थियो । रविले ‘बागबान’ बाहेक टेलिभिजन सिरियल ‘महाभारत’को पनि निर्देशन गरेका थिए ।

SUBSCRIBE 👉