नाइके भन्दै नाँचे आर्यन(भिडियो)


Aaryan-Sigdelग्ल्यामर नेपाल, काठमाडौं ।
लभर ब्वाईका रुपमा पहिचान बनाएका अभिनेता आर्यन सिग्देललाई एक्सन अभिनेताका रुपमा प्रस्तुत गरिएको फिल्म ‘नाइके’को शीर्ष गीत ‘हुँ म नाइके’ सार्वजनिक भएको छ ।

आर्यनले फिचरिङ गरेको गीतमा फिल्मका अन्य कलाकारसँगै अतिथि भूमिकामा हसनराजा खान, अयुब केसी, किरण लाकौललगायतलाई देख्न सकिन्छ । नेत्र गुरुङको शब्द तथा योगेश काजीको स्वर र संगीत रहेको गीतमा रोहन नेपालीको कोरियोग्राफी छ ।

मंसीर १९ बाट प्रदर्शन हुने फिल्ममा आर्यनबाहेक रेम विक, सुर्विना कार्की, बोधराज रेग्मी, सारिका केसी, विजयराज सेञ्चुरी, राजु कमेडीलगायतले अभिनय गरेका छन् । नारायण खनाल, जगदिश खनाल, आनन्द क्षेत्री र संगीता पराजुलीले निर्माण गरेको फिल्मका निर्देशक नेत्र गुरुङ हुन् । फिल्मका छाँयाकार अर्जुन तिवारी हुन् ।

SUBSCRIBE 👉