‘तोरी लाहुरे’लाई पिजी सर्टिफिकेट


toorilahure-nepali-movie-posterग्ल्यामर नेपाल, काठमाडौं । पछिल्लो समय निर्माण भएका अधिकांश चलचित्रहरु युनिभर्सल सर्टिफिकेट पाउनबाट चुकिरहेका छन्। ‘तोरी लाहुरे’ पनि सोही क्याटोगोरीमा परेको छ। सेन्सर बोर्डले यो फिल्मलाई पिजी सर्टिफिकेट दिएको छ। केही संवाद तथा दृश्य माथि आपत्ति जनाउँदै सेन्सरले पिजी सर्टिफिकेट दिएको हो। यो सर्टिफिकेटसँगै १६ बर्ष मुनिका दर्शकले अभिभावक साथमा हेर्नुपर्ने भएको छ।

फिल्मले सामाजिक बिषय वस्तुलाई उठान गर्दा पनि बोर्डले पिजी सर्टिफिकेट दिएको अभिनेता रोहित रुम्बाले जानकारी दिए। उनका अनुसार चलचित्रमा मानिसलाई जातीय हिसाबले बोलाउने संवादका दृश्यमा म्युट गर्न सेन्सरले आदेश दिएको छ। सेन्सरको यो निर्णयप्रति रोहितले आपत्ति जनाएका छन्।
आगामी फागुन २३ गते सार्वजनिक प्रर्दशनमा आउने तयारीमा रहेको ‘तोरी लाहुरे’म रोहितका साथै गजित बिष्ट, सुवास थापा, अशिष्मा नकर्मी र समुना केसीको अभिनय छ। एनबी महर्जनले निर्देशन गरेका यो चलचित्रले बेरोजगारीको कथा पेश गर्छ।

SUBSCRIBE 👉