श्री ५ अम्बरेको फिल्म प्रचारको यस्तो शैली


Saugat-Mallaग्ल्यामर नेपाल, काठमाडौं ।
आगामी शुक्रबारबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘श्री ५ अम्बरे’ले फिल्म प्रचारको नयाँ फर्मुला अपनाएको छ । फिल्मको नाम अगाडि श्री ५ जोडिएपछि फिल्म युनिटले शुक्रबार प्रमुख पात्र सौगात मल्ललाई राजाकै शैलीमा शीरमा श्रीपेच राखेर पिकअप गाडीमा चढाई राजधानीका प्रमुख स्थानको परिक्रमा गराएको छ । सौगात गाडीमा नयाँ गेटअपमा देखिँदा बाटोमा हिड्ने सवारीसाधनका यात्रु तथा पैदल यात्रीलाई चाख मानेर हेरेका थिए ।

सहर परिक्रमा गर्नुअघि सौगात पत्रकारमाझ गद्धीमा आसिन अवस्थामा अनामनगरमा प्रस्तुत भएका थिए । सौगातको छेउमा अर्की कलाकार केकी अधिकारी पनि बसेकी थिईन् । फिल्म युनिटले फिल्म प्रचारको लागि मात्र नयाँ शैली अपनाएको बताउँदै अन्यथा नलिन आग्रह गरेको थियो ।

फिल्मका निर्मातामध्येका एक टीएन आचार्यले आगामी दिनमा पनि राम्रा फिल्म बनाउने बताए । फिल्ममा दीपक आचार्यको पनि लगानी रहेको छ भने यो फिल्मको निर्देशन दीपा बस्नेतले गरेकी छन् । जीवनसाथी फिल्मस्को ब्यानरमा निर्मित फिल्मले समाजमा लुकेर रहेका पात्रहरुमा राजा बन्ने सपनालाई चित्रण गरेको छ ।

SUBSCRIBE 👉