मल्टी ट्यालेन्ट मोडल रमिता भण्डारीको साप्ताहिकमा हट पोज


Kantipur Saptahik Poster Model Ramita Bhandari

Ramita Bhandari | Kantipur Saptahik Poster | Photo by Kamal Shrestha

हेटौंडामा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउने रमिता भण्डारी प्रतिभाशाली युवती हुन्। १५ वर्षकै उमेरमा आफ्नै स्वरमा ‘टिनएज गर्ल’ एल्बम सार्वजनिक गरेकी रमिता त्यसयता मनोरञ्जनका विभिन्न विधामा सक्रिय छिन्। गीतकार, संगीतकार, गायिका हुँदै उनको भूमिका मोडल तथा भिजेसम्म विस्तार भैसकेको छ।

सन् २००२ को ‘मिस नेपाल’ मा सहभागिता जनाउनुअघि नै रमिताले मिस्टर एन्ड मिस हेटौंडा-२००१ मा ‘मिस हेटौंडा’ को उपाधि जितिसकेकी थिइन्। उक्त उपाधि जितेपछि काठमाडौं आएकी रमिताले एउटा प्रतियोगितामा बेस्ट मोडल अफ द नेसनको उपाधिसमेत जितिन्। मिस नेपालमा गरिएको सहभागिताले मोडलिङ तथा व्यक्तित्व विकासमा ठूलो सहयोग पुर्‍याएको अनुभव गरेकी रमिताले त्यसयता दर्जनौं फेसन शोमा क्याटवाक गरेकी छिन् भने एक दर्जनभन्दा बढी विज्ञापनमा मोडलिङ गरिसकेकी छिन्। रामकृष्ण ढकाल, दिपेशकिशोर भट्टराई आदिका म्युजिक भिडियोमा अभिनय गरिसकेकी रमिताले इभेन्ट म्यानेजरका रूपमा समेत अनुभव बटुलेकी छिन्।

रमिता भण्डारीको ग्ल्यामर फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

५ फिट ७ इन्च अग्ली रमिता अब भने आफ्नो करियरलाई एउटै विधामा केन्दि्रत गर्ने योजनामा छिन्। ‘अब म संगीतकर्मीका रूपमा मात्र सक्रिय हुनेछु, आगामी महिना दोस्रो एकल एल्बम ‘प्ले इट’ सार्वजनिक गर्ने क्रममा रहेकी रमिताले भनिन्— ‘यो एल्बमको ‘ब्ल्याक हेन्डसम ब्वाइ’ को भिडियोको सफलताले मलाई गायनमा सक्रिय हुन ऊर्जा मिलेको छ ।’ दोस्रो एल्बममा रमिताले पप, र्‍याप, आरएन्डबी आदि शैलीका गीत गाएकी छिन्।

आफूले रचना गरेका गीत, कथा तथा निबन्धहरूको संग्रहसमेत सार्वजनिक गर्ने क्रममा रहेकी रमिता वन पिस पहिरनकी पारखी हुन्। नेपाल टेलिभिजनबाट प्रसारण भएको ‘देश परदेश’ कार्यक्रममा भिडियो जक्कीका रूपमा समेत काम गरिसकेकी रमिता फुर्सदमा संगीत रियाज गर्छिन्।

– कृष्ण भट्टराई / कान्तिपुर साप्ताहिक | तस्बिर: कमल श्रेष्ठ / ग्ल्यामरनेपाल डटकम

SUBSCRIBE 👉