स्नेहा फेरी सलमानका साथ देखिने


sneha-ulallएजेन्सी मुम्बई । अभिनेत्री स्नेहा उलाल फेरि सलमान खानसँग देखिने भएकी छिन्। स्नेहाले २००५ मा प्रर्दशित फिल्म ‘लक्की नो टाइम फर लभ’ मा पहिलो पटक सलमानसँग स्क्रिन शेयर गरेकी थिइन्। ऐश्वर्याको लुक्ससँग मिल्दोजुल्दो भएकोले उनले निकै चर्चा पाएकी थिइन्। सोही कारण सलमानले उनले आफैंसँग काम गराएकी थिए।

स्नेहाले ‘लकी नो टाइम फर लभ’ पछि बलिउडमा केही चलचित्रमा काम गरेकी थिइन्। तर ती सबै चलचित्रले उनलाई सफलताको स्वाद चखाउन सकेन। उनी केही समय देखि मिडीया बाहिर रहेकी थिइन्। तर पछिल्लो समय मुम्बईमा आयोजना भएको एक क्रिकेट म्याचको दौरानमा देखा परेकी थिइन्। अहिले सलमान आफ्नो प्रोडक्सनको ब्यनरमा एक चलचित्र बनाउने तयारीमा छन्। जुन चलचित्रमा उनले अभिनेत्री श्नेहा लिने तयारी गरेका छन्। स्नेहासँगको आफ्नो केमिस्ट्री निकै जम्ने समेत उनले बताउँदै आएका छन्।

SUBSCRIBE 👉