बैंकको चेतावनीले तनावमा केकी अधिकारी


Keki-Adhikari-in-black-Dress-1ग्ल्यामर नेपाल, काठमाडौं ।
नेपाली फिल्म क्षेत्रकी सुन्दरी नायिका केकी अधिकारी अहिले निकै समस्यामा परेकी छन् । खास गरी उनका पिता एवं फिल्म निर्देशक बद्री र आमा लक्ष्मीले सिभिल बैंकबाट लिएको ऋण चुक्दा गर्न नसक्दा बैंकले मंगलबार उनीहरुको नाममा सार्वजनिक रुपमै पत्रिकामा सूचना प्रकाशन गरेर घर लिलाम गर्ने चेतावनी दिएपछि केकी र उनको परिवार समस्यामा परेको हो । बैंकले तिनैजनाको तस्वीरसहित सूचना प्रकाशन गरेको थियो ।

सूचना अनुसार केकीकी आमा लक्ष्मीको नाममा रहेको काठमाडौ जिल्ला जोरपाटी गाविस वडा नम्बर ६ सिट नम्बर १०२ र १०३० कित्ता नम्बर १९३ को २२२ र ५३ वर्ग मिटर क्षेत्रफलमा रहेको जग्गा र त्यहाँ बनेको घर धितो राखी बैंकबाट अधिकारी परिवारले ऋण लिएका थिए । ऋण लिँदा केकी जमानतमा बसेको विज्ञापनमा उल्लेख छ । सूचना अनुसार ऋण समयमा पुरा नतिरे बैंकले उनीहरुलाई कालो सूचीमा राख्नेछ । आफुले बनाएको फिल्म ‘ज्यान हाजिर छ’को असफलता र स्कुलमा गरेको लगानी घाटामा गएपछि अधिकारी परिवार समस्यामा परेको स्रोतले बतायो ।

आफु अभिनित फिल्म ‘श्री ५ अम्बरे’ प्रदर्शनको प्रमोसनमा व्यस्त भइरहँदा एक्कासी बैंकबाट चेतावनी शैलीको सूचना प्रकाशित भएपछि केकी तनावमा छिन् ।

Keki-Adhikari

SUBSCRIBE 👉