आज किन सरिष्मालाई उसकै याद आयो ? (भिडियोसहित)


Sarishma-Amatya-Singerग्ल्यामर नेपाल, काठमाडौं ।
सरिष्मा अमात्य र संजीप प्रधानको जोडी अमेरिका बस्न थालेको करिब एक दशक नै भयो तर पनि यो जोडीको संगीतप्रतिको मोह अझ घटेको छैन्, बरु बढेको छ। अमेरिकामा हुने साँस्कृतिक कार्यक्रममा नियमित प्रस्तुती दिन्छन् भने नयाँ नयाँ सांगीतिक कोशेली पनि सार्वजनिक गरिरहेका हुन्छन्। यही क्रममा सरिष्माको स्वरले सजिएको एक गीतको भिडियो सार्वजनिक गरेको। ‘आज किन मलाई…’ बोलको गीतमा उनलाई नै फिचरिङ गरिएको छ। दीपक बर्जाचार्यले गीतको शब्द र संगीत सिर्जना गरेका हुन्।

रमाइलो त के हो भने सरिष्माको उक्त भिडियो उनका श्रीमान् संजीपले खिचेका हुन् भने सम्पादन पनि उनकै रहेको छ। भिडियोमा अमेरिकाका मनोरम दृश्य देख्न सकिन्छ। उक्त गीत ‘प्यासन’ एल्बममा समाविष्ट छ। एल्बमलाई राईज म्युजिकले बजारमा ल्याएको हो।

SUBSCRIBE 👉