जीनत भन्छिन्,‘म विवाह गर्न चाहन्छु’


Jeenat-Amanसत्तरी दशककी बलिउडकी ग्ल्यामर अभिनेत्री जीनत अमानले फेरी घर बसाल्ने चाहना व्यक्त गरेकी छन् । बुधबारबाट ६३ वर्ष पुगेकी उनले पुनः विवाहको चाहना व्यक्त गरकी हुन् ।

‘हो म विवाह गर्न चाहन्छु, मेरा दुई छोरा अब ठूला भए, उनीहरुले मेरो कुरालाई अस्वीकार गर्छन् जस्तो लाग्दैन,’जीनतले भनेकी छन्,‘अब मलाई विवाहको बारेमा सोच्ने अधिकार पनि छ ।’ जीनतले सन् १९८५ मा अभिनेता मजहर खानसँग विवाह गरेकी थिईन् । मजहरको निधन सन् १९९८ मा भएको थियो ।

जीनत जिन्दगी प्रति आफ्नो कुनै गुनासो नरहेको बताउँछिन् । उनले आफुले राम्रो भूमिका नपाएकाले फिल्ममा अभिनय नगरेको खुलाएकी छन् । जीनतले सन् ७० देखि ८० दशकका ‘हरे रामा हरे कृष्णा’, ‘यादों की बारात’, ‘डन’, ‘कुर्बानी’, ‘लावारिस’ र ‘दोस्ताना’ जस्ता हिट फिल्म दिएकी थिईन् ।

SUBSCRIBE 👉