श्री ५ अम्बरेमा यमबुद्धको र्याप (भिडियो)


Yamo-Buddaग्ल्यामर नेपाल, काठमाडौं ।
चर्चित नेपाली र्यापर  यमबुद्धले भोलि(शुक्रबार)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘श्री ५ अम्बरे’मा र्याप गीत गाएका छन् । उनकै स्वर तथा संगीत रहेको गीतको बोल ‘अतितका दिनहरुमा’ रहेको छ ।

जिवनसाथी फिल्मस्को व्यानरमा दीपा बस्नेतले निर्देशन गरेको फिल्ममा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, विक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राई, मार्टिन खान, राज गदाईलीलगायतको अभिनय रहेको छ ।

कृष्णहरि बराल, कालीप्रसाद बास्कोटा, यम बुद्ध लगायतको रचना रहेको फिल्ममा बसन्त सापकोटा, कालीप्रसाद बास्कोटा, बाबु बोगटी, तथा यम बुद्धको संगीत शिव परियार, यम बुद्ध, मिलन अमात्य, प्रल्हाद तिमल्सेना, सरिता वली, सनुप पौडेल र रत्न सुब्बाको स्वर, चन्दन दत्तको सम्पादन, अभिमन्यू निरवीको लेखन र गणेशप्रसाद श्रेष्ठको छायांकन रहेको छ । फिल्मका निर्माता टीएन आचार्य र दीपक आचार्य हुन् ।

SUBSCRIBE 👉