कत्थक नृत्यांगना सितारा देवी रहिनन्


Sitra-Deviभारतका प्रख्यात कत्थक नृत्यांगना सितारा देवीको निधन भएको छ । उनले मुम्बईमा अन्तिम सास लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ९४ वर्षीया सितारा दुई दिनदेखि भेन्टिलेटरमा थिईन् । पेटको बिरामी रहेकी सितारालाई जसलोक अस्पतालमा भर्ना गरिएको थियो ।

६ दशक भन्दा बढी समयदेखि सितारा देवी एक प्रतिष्ठित डान्सरका रुपमा परिचित थिईन् । सन् १९७३ मा उनले पद्म श्री पुरस्कारलाई बहिस्कार गर्दै भारत रत्नबाहेक अन्य कुनै अवार्डले आफ्नो इज्जतलाई माथि नपु¥याउने बताएकी थिईन् । विदेशमा रहेको उनको छोरो भारत आएपछि मात्र अन्तिम संस्कार हुने सञ्चारमाध्यमले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत सितारा देवीको निधनप्रति शोक व्यक्त गरेका छन् ।

SUBSCRIBE 👉