अभिनेत्री बिनासहित चारलाई २६ वर्ष कैद सजाय


Veena-Malikपाकिस्तानको एन्टी टेररिजम कोर्टले ठूलो मिडिया ग्रुप जियो टेलिभिजनका मालिक शकील उर रहमान, इन्डो–पाक अभिनेत्री विना मलिक र उनका पतिलाई २६ वर्षको जेल सजाय सुनाएको छ । गत मे महिनामा जियो टेलिभिजनमा एक धार्मिक गीत प्रसारण गरिएपछि उक्त गीतलाई विवादास्पद गीत भन्दै उनीहरु विरुद्ध निवेदन दर्ता भएको थियो ।

कोर्टका न्यायधिश शाबाज खानले कार्यक्रम सञ्चालिका शाइस्ता वाहिदीलाई पनि २६ वर्षको कैद सजाय सुनाइएको छ । अदालतले कैद सजायसँगै सबैलाई १३ लाख पाकिस्तानी रुपैंया जरिवाना पनि तोकिएको छ । अदालतले उनीहरुले जरिवाना नतिरे सबै सम्पति जफत गर्ने पनि चेतावनी दिएको छ ।

न्यायधिशले १० पृष्ठ लामो फैसला सुनाउँदै दोषीहरुलाई तुरुन्त गिरफ्तार गर्न पनि आदेश दिएका छन् । तर दोषी ठहरिएका सबै पाकिस्तान बाहिर छन् । रहमान युएईमा बस्छन् भने अन्य ३ जना आतंकवादी संगठनको धम्कीका कारण अन्य मुलुकमा विस्थापित भईसकेका छन् ।

SUBSCRIBE 👉