कम उमेरमै जस्टिनको कमाई धेरै


Justin-Bieberहलिउडका टीन सेन्सेसन जस्टिन बाइबरले ३० वर्ष भन्दा कम उमेरमा सबैभन्दा बढी कमाई गर्ने कलाकारमा आफुलाई पहिलो स्थानमा पारेका छन् । फोब्र्स पत्रिकाको सेलिब्रेटी लिष्टमा उनलाई कम उमेरमा बढी पैसा कमाउने कलाकारको रुपमा राखिएको छ ।

२० वर्षका यी गायकले जून २०१३ देखि जून २०१४ सम्म ८० मिलियन डलर आम्दानी गरेको पत्रिकाले जनाएको छ । जस्टिनले नयाँ एल्बम निकालेको एक वर्ष मात्र हुँदैछ तर गुण्डागर्दी, खराब आचरण र रिसाहा व्यवहारले उनी सधैं चर्चामा आउँछन् ।

सूचीमा जस्टिन पछाडि वन डायरेक्शन, टेलर स्विफ्ट, बूनो मार्स, रिहाना, माइली सायरस, जेनिफर लरेन्स, लेडी गागा, एविसी र स्क्रिलेक्स छन् ।

SUBSCRIBE 👉