प्रियंकाको घरमा देहव्यापार !


Priyanka-chopra-hotबलिउड अभिनेत्री प्रियंका चोपडाले भाडामा दिइएको घरमा वेश्यावृत्तिको काम हुने गरेको खुलासा भएको छ । दुई हप्ता अघि मुम्बईको वर्सोवा इलाकामा मानिक सोनीको स्पामा छापामा मार्दा प्रहरीले त्यहाँ वेश्यावृत्ति भएको पाएको यिथो । अँधेरीस्थित बिल्डिङमा छापा मार्दा भेटिएको एक फ्लोर प्रियंकाले भाडामा दिएको खुल्न आएको हो ।

समाचार अनुसार उक्त भवनमा प्रियंकाकी आमा डा. मधु चोपडाको क्लिनिक रहेको छ । उक्त भवनको क्षेत्रफल तीनहजार वर्ग फिट छ । प्रहरीले करिब बीस दिन अघि त्यहाँ वेश्यावृत्ति हुने गरेको भण्डाफोर गरेको थियो र स्पाका मेनेजर दिनेश चन्द्रकान्त र तीन महिला कर्मचारीलाई गिरफ्तार गरेको थियो । मानिकको टेलिभिजन र बलिउड सेलिब्रेटिजसँग राम्रो सम्बन्ध रहेको बताइएको छ ।

स्पा सञ्चालक मानिक हालसम्म पनि फरार छिन् । प्रहरीले पनि उक्त फ्लोर प्रियंकाकै रहेको पुष्टि गरेको छ भने मानिकलाई पक्राउ गर्नासाथ प्रियंका र उनीबीच कस्तो सम्झौता भएको थियो भन्ने पत्ता लाग्नेछ । सूत्रका अनुसार स्पाको उद्घाटनमा प्रियंकाकी आमा र भाई सिद्धार्थ आएका थिए ।

SUBSCRIBE 👉