देउताको छायाँकन सकियो


Deuta-Picग्ल्यामर नेपाल, काठमाडौं ।
दैविक शक्तिको क्रियाकलाप र प्रेम कथालाई समेटिएको फिल्म ‘देउता’को छायांकन सकिएको छ । उत्तरगया फिल्मस् प्रालिको प्रस्तुति रहेको फिल्मका निर्देशक रामभक्त श्रेष्ठ हुन् ।

फिल्ममा पुस्कर राउत, मोहन के.सी., जोशना भट्ट, बालदिप राई, रामचन्द्र अधिकारी, मञ्जु श्रेष्ठ, देशभक्त खनाल, राजेन्द्र बस्नेत, उमेश खड्का, पदम गाहा, सुरवीर पण्डितलगायतको अभिनय रहेको छ ।

फिल्मका प्रस्तुतकर्ता पदम गाहा हुन भने निर्मातामा प्रेम विक, गगन रजाली रहेका छन् । हिमाल केसीको द्वन्द्व, दिनेश पाख्रिन र कविराज गहतराजको नृत्य रहेको फिल्म हाल पोष्टप्रोडक्सनमा रहेको छ ।

SUBSCRIBE 👉