मोदीले दिए अभिनेतालाई यस्तो सुझाव


Manoj-Tiwariअभिनेताबाट सांसद बनेका भोजपुरी स्टार मनोज तिवारीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम्रो किसिमको फिल्म खेल्न सुझाव दिएका छन् ।

मोदीले मनोजलाई कम बजेटका मसलेदार फिल्मबाट टाढा रहन सल्लाह दिएका हुन् । मनोज उत्तर पूर्व दिल्ली लोकसभाको सीटबाट चुनाव जितेका सांसद हुन् ।

‘मोदीजीसँग मेरो कुराकानी भयो, उहाँले भोजपुरी फिल्म भन्दा पनि आफुले हेर्न सक्ने किसिमको फिल्ममा अभिनय गर्न सुझाव दिनुभयो,’ मनोजले भनेका छन्,‘उहाँ सामाजिक सन्देश दिने किसिमको फिल्ममा गरेको अभिनय हेर्न चाहनुहुन्छ ।’

मनोजले आफुले भोजपुरी भाषालाई सरकारी भाषाको रुपमा सरकारले दर्जा दिओस् भन्ने चाहेको बताएका छन्।

SUBSCRIBE 👉