फेसबुकमा पोखिएको कलाकारको प्रेम


Nita-Nisha-Pujanaग्ल्यामर नेपाल।
मानव जीवनमा फेसबुक अभिन्न अंग बनिसकेको छ। यसको उपयोगिता पनि अनेक छ। नेपाली सिने कलाकारहरुलाई भने फेसबुक प्रेम पोख्ने गतिलो माध्यम बनेको छ। आजभोलि नेपाली सिने कलाकारहरु समेत फेसबुक वालमा प्रेम सार्वजनिक गर्न थालेका छन्। निशा अधिकारीदेखी नीता ढुंगाना हुँदै पुजना प्रधानसम्म यही सुचीमा पर्छन्।

लामो समयको हल्लालाई सत्यमा परिणत गर्दै निशाले क्रिकेटर शरद भेषवाकरलाई प्रेमीको रुपमा चिनाएकी थिइन्। यसअघि उनीहरु गुपचुप प्रेममा रमाइरहेका थिए। जोडीलाई हजारौं फेसबुक प्रयोगकर्ताले बधाई र शुभकामना दिए।Nisha-Sarad

केही समयपछि नीताले पनि निशाको बाटो अपनाएकी थिइन्। उनले पनि ‘विथ माइ लभ’ भन्दै आमेश भण्डारीको फोटो सार्वजनिक गरेर चर्चा बटुलिन्। यो जोडीले हालै ‘फुलैफुलको मौसम’मा पनि अनस्क्रिन रोमाान्स गरेको छ। निशा अधिकारी, नीता ढुंगानापछि फेसबुकमा प्रेम पोख्ने पालो आएको छ, पुजना स्त्रीको । फरक कति मात्र हो भने निशा र नीताले प्रेमीको नाम र फोटो पनि पोस्ट गर्ने ‘हिम्मत’ गरे भने पुजनाले प्रेममा परेको मात्र जनाउ दिइन्। उनले हालै फेसबुक एकाउन्टको बायो चेन्ज गर्दै ‘इन अ रिलेसनसिप’ भनेर उल्लेख गरेकी हुन् । पुजनाले प्रेममा परेको सार्वजनिक गर्नासाथ धेरै फ्यानले ‘कोही हो भाग्यमानी प्रेमी ?’ भनेर जिज्ञासा राखे तर पनि उनले कुनै प्रतिक्रिया दिएकी छैनन्।

Nita-Dhungana

आशा गरौं, प्रेम जस्तै पुजनाले प्रेमी पनि छिट्टै सार्वजनिक गर्नेछिन्। फिल्म ‘हिरो’बाट झण्डै डेढ दशक अघि रंगीन दुनियामा प्रवेश गरेकी पुजना हालसम्म अविवाहित छिन्। उसो त हिरोइनले मात्र होइन्, सविन श्रेष्ठ, अनिल थापा र हसन खानले पनि हालै फेसबुकमार्फत रिलेसनसिपमा भएको सार्वजनिक गरेका छन्। रेखा थापाको ‘हिम्मतवाली’का नायक सुदर्शन गौतमसँगको निकटता पनि पहिलोपटक फेसबुकवालबाटै बाहिरिएको थियो।

SUBSCRIBE 👉