कम कपडा लगाउँदा नायिकालाई थप्पड


Gauhar-Khanमुम्बईमा आइतबार भएको एक रियालिटी शोको सुटिङको समयमा मोडल तथा अभिनेत्री गौहर खानलाई एक दर्शकलाई स्टेजमा गई गालामा थप्पड हानेका छन् । वाकया उपनगरीय गोरेगाउँमा रहेको फिल्म सिटीमा सुटिङ भइरहँदा गौहरले थप्पड खाएकी हुन् ।

मुस्लिम समुदायकी गौहरले शरीरमा कम कपडा लगाएको भन्दै ती दर्शकले स्टेजमा दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ । कार्यक्रमको ब्रेक समयमा २४ वर्षे मोहम्मद अकील मलिकले थप्पडसँगै अभिनेत्रीलाई गलत तरिकाले छोएको पनि प्रहरीको भनाई छ । प्रहरीले घटना लगत्तै मोहम्मदलाई पक्राउ गरेको थियो ।

आरे पुलिसथानाका वरिष्ठ इन्स्पेक्टर विलास चव्हाणले मोहम्मदलाई गिरफ्तार गरी उनका विरुद्ध मुद्धा दर्ता गरिसकिएको जानकारी गराएका छन् । उनलाई सोमबार अदालतमा पेश गरिनेछ । प्रहरीले ती दर्शक तीन दिनदेखि सुटिङ हेर्न आइरहेको पुष्टि पनि गरेको छ ।

SUBSCRIBE 👉