अनमोल केसीको मुख्य भूमिका रहने नयाँ फिल्मको नाम बाहिरियो


Anmol-kcग्ल्यामर नेपाल ।
चर्चामा रहेका जेरी नायक अनमोल केसीको मुख्य भूमिका रहने नयाँ फिल्मको टाईट़ल बाहिरिएको छ। टीनएज स्टार अनमोलको नयाँ फिल्मको टाईट़ल “ग्याङस्टर ब्लु” रखिएको छ। फिल्मलाई पछिल्लो समय चर्चामा रहेका निर्देशक हेमराज बिसीले निर्देशन तथा निर्माण गर्न लागेका हुन्। उनले फिल्म “सम्बोधन” का निर्माता सरोज न्यौपाने सँग मिलेर निर्माण गर्न लागेका हुन्।

निर्देशक बिसीले निर्देशन गरेको अनमोल केसी अभिनित फिल्म “होस्टेल” र “जेरी” ले फिल्मी वृत्तमा राम्रो व्यापार गरेपछि बिसीको चर्चा उकासिएको हो। बिसी कै निर्देशन र न्यौपानेको लगानी रहेको फिल्म “सम्बोधन” रिलिज को तयारीमा छ।

अनमोललाई नयाँ लुक्समा प्रस्तुत गरिने भनिएको “ग्याङस्टर ब्लु”मा नायिका फाईनल गरिसकिएको भयता पनि नायिका को हुन् ? नाम सार्वजनिक गरिएको छैन। नयाँ प्रोजेक्टमा अनुबन्धित भएका अनमोल निकै उत्साहित छन्।

SUBSCRIBE 👉