रहेनन् बलिउडका देवेन बर्मा


Deven-Vermaबलिउडका करिब १ सय ४९ फिल्ममा काम गरिसकेका वरिष्ठ कलाकार देवेन बर्माको ७८ वर्षको उमेरमा पुनामा निधन भएको छ । सन् १९६१ देखि २००३ सम्म हिन्दी फिल्ममा काम गरेपछि उनले अभिनयबाट सन्यास लिएका थिए ।

समाचार अनुसार फिल्मको बदलिँदो शैलीसँग उनले आफुलाई प्रस्तुत गर्न सकेनन् । उनले एक अन्तर्वार्ताका क्रममा फिल्मका सहायक निर्देशकले फिल्ममा सिगरेट तान्दै गरेको दृश्यमा अभिनय गर्ने प्रस्ताव गर्दा त्यो आफ्ना लागि उपयुक्त नहुने बताएका थिए । उनलाई बढ्दो उमेरसँगै नयाँ फिल्मका नयाँ भूमिकामा कम अवसर मिल्दै गएको थियो । फिल्मबाट सन्यास लिए पनि उनले पुनामा रहेको साथीले चलाएको थिएटरमा फिल्म हेर्थे । उनलाई नयाँ पुस्ताका कलाकारमा रणवीर कपुर निकै मनपथ्र्यो ।

उनले गुमराह, चोरी मेरा काम, अंगूर हुँदै पछिल्लो फिल्म कलकत्तो मेललगायतमा अभिनय गरेका थिए ।

SUBSCRIBE 👉