प्रियंका विश्वकै सेक्सी महिला


priyanka-chopraबलिउडकी देशी गर्ल प्रियंका चोपडा विश्वकै सर्वाधिक सेक्सी महिला बनेकी छन् । अघिल्लो वर्ष अर्की अभिनेत्री क्याट्रिना कैफले यो उपाधि चुमेकी थिईन् । यूकेको साप्ताहिक पत्रिका इस्टर्न आइले गरेको एक सर्वेमा ६० महिलाको सूची तयार गरिएको थियो ।

सूचीको पहिलो स्थानमा प्रियंका, दोस्रो स्थानमा चर्चित टेलिभिजन अभिनेत्री दृष्टि धामी र तेस्रो स्थानमा टेलिभिजन अभिनेत्री सनाया इरानी रहेका छन् । क्याट्रिनाले यसपटक भने चौथो स्थानमा चित्त बुझाउनु पर्यो ।

‘म एक पटक फेरी इस्टर्न आइको सेक्सी महिला बनेर एकदमै खुशी भएकी छु, विश्वभरीका दर्शकबाट चुनिएकाले पनि म निकै खुशी छु ।’ प्रियंकाले भनेकी छन् । विश्वका एक करोड जनतामाझ गरिएको भोटका आधारमा सूची तयार पारिएको थियो ।

सूचीको पाँचौं स्थानमा गौहर खान, आठौं स्थानमा करीना कपुर, नवौं सोनम कपूर, सत्रौं स्थानमा श्रद्धा कपुर, चौबिसौं स्थानमा आलिया भट्ट, अठ्ठाइसौं स्थानमा माधुरी दिक्षित, अड्तिसौं स्थानमा कंगना रनावत र सड्चालिसौं स्थानमा अनुष्का शर्मा रहेका छन् ।

SUBSCRIBE 👉