आलोकलाई सम्मान गर्दै फागुन २२ मा पुनर्जन्म


Punarjanma-Movieग्ल्यामर नेपाल, काठमाडौं ।
फागुन १५ मा रिलिजको तयारीमा जुटेको फिल्म ‘पुनर्जन्म’ साविकको मितिबाट एकहप्ता पछि सर्दै फागुन २२ मा दर्शकमाझ आउने भएको छ । फिल्मका निर्माता मोहनकृष्ण श्रेष्ठले फागुन १५ मा स्वर्गीय निर्देशक आलोक नेम्वाङको अन्तिम फिल्म ‘अझै पनि’ प्रदर्शन हुने भएपछि उनको सम्मानमा आफुले फिल्मलाई एक हप्ता पछि सारेको बताए ।

‘हामीले यस क्षेत्रमा लागेर पाउने भनेकै सम्मान हो र त्यसका लागि कन्जुस्याइँ गर्न हुन्न’निर्माता श्रेष्ठले भने,‘ हामी आलोकजीलाई सम्मान गर्दै आफ्नो फिल्म उहाँको फिल्मसँग नजुधाउने निर्णयका साथ फागुन २२ मा पुगेका हौ।’ उनले अन्य निर्मातालाइ पनि उक्त मितिमा फिल्म नजुधाउन आग्रह गरेका छन् । फिल्मका सम्पादक र निर्देशक सजन श्रेष्ठ हुन् ।

सत्य घटनामा आधारित भनिएको फिल्म ‘पुनर्जन्म’ ले मनोरञ्जनसँगै अहिलेको पुस्तालाई नेपाली राजनैतिक इतिहासको प्रसंग र पुराना संस्कृतिको बारेमा समेत जानकारी गराउने निर्माण पक्षले जनाएको छ । फिल्ममा श्रेष्ठसंगै भद्र बहादुर शाहीको पनि लगानी रहेको छ ।

एमके इन्टरटेनमेन्ट प्रालिको व्यानरमा बनेको फिल्ममा आर्यन सिग्देल, केकी अधिकारी, गजित बिष्ट, सुस्मिता शाही, मिथिला शर्मा, विजय लामा, लक्ष्मी गिरी, रश्मी भट्ट, देशभक्त खनाल, रुश्मा श्रेष्ठ लगायतको अभिनय रहेको छ । फिल्ममा सुदर्शन श्रेष्ठको कथा, शिव ढकाल र नवरा कृष्ण थापाको छायांकन र अष्ट महर्जन महर्जनको द्वन्द्व रहेको छ ।

SUBSCRIBE 👉