मालामा प्रियंकाको थ्रिलर रुप


Aryan-Sigdelग्ल्यामर नेपाल, काठमाडौं ।
फिल्म आवरणमा सस्पेन्स किसिमको भूमिकामा अभिनय गरेकी अभिनेत्री प्रियंका कार्की अभिनित अर्को सस्पेन्स थ्रिलर फिल्म माला दर्शकमाझ फागुन ८ गतेबाट प्रदर्शनमा आउने भएको छ । अभिनेता आर्यन सिग्देलको समेत अभिनय रहेको यो फिल्म यसै मितिमा रिलिज हुने आर्यनकै अर्को फिल्म ‘आवेग’का भिड्दैछ ।

माला युनिटले बुधबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको फष्टलुक र दुई ट्रेलर सार्वजनिक गरेको छ । फिल्मका दुई पोष्टरमध्ये एकमा प्रियंकालाई सोलो रुपमा प्रस्तुत गरिएको छ, जसमा उनलाई सेतो साडीमा तर्साउने शैलीमा देखाइएको छ । अर्को पोष्टरमा चाहिँ प्रियंकालाई बेहुली रुपमा देखाइएको छ, जसको दुई छेउमा आर्यन र अन्य कलाकार छन् ।

नक्षत्र फिल्मस् प्रालिको व्यानरमा बनेको फिल्मका निर्माता कलाकार शिशिर राणा हुन् । सुदिप भुपाल सिंह ‘बबी’ निर्देशक रहेको फिल्ममा प्रज्जवलसिंह गिरी, लुनिभा तुलाधर, शम्भु थापा, विद्या कार्की, सुनिता ठाकुर, प्रसन्न राणा, सुरेश पोखरेल, छिरिङ लामा, नमिता आचार्य, मधु पुरुष ढकाल, सुदिप भुषाल सिंह, सोमविक्रम सिंह, गोमा अधिकारी र शिशिर राणाको अभिनय रहेको छ ।

कार्यक्रममा निर्देशक सुदिपले आफ्नो प्रयासलाई दर्शकले रुचाउने बताए । निर्माता शिशिरले लामो प्रयासपछि फिल्म बनाउने आफ्नो प्रयास सफल भएको जनाए । सुदिप आफैले लेखेको फिल्ममा किशोर कार्की र बनिश विक्रम शाहको सम्पादन, मनोज केसीको संगीत र प्रमोद कार्कीको छायांकन रहेको छ ।

SUBSCRIBE 👉