फिल्म निर्माता नारायण खतिवडा मृत अवस्थामा भेटिए


ग्ल्यामर नेपाल, काठमाडौँ ।
नेपाली फिल्मका निर्माता नारायण खतिवडा बुधवार मृत भेटिएका छन्। उनलाई काठमाण्डौको बागबजारमा स्थित होटल हार्दिकको कोठा नं. १०३ मा मृत अवस्थामा भेटिएको हो। बुधवार बिहान देखि अबेरसम्म उनि बसेको कोठाको ढोका नखुलेपछि दिउसो खोलेर हेर्दा मृत अवस्थामा भेटिएका थिए। मंगलवार देखि मात्रै सो होटलको उनि बस्न पुगेका थिए।

Narayan-Khatiwada-film-producer
केही समय पहिले हार्ट अट्याकका कारण मृत्युको मुखबाट जोगिएका खतिवडाको पुन :  हृदयघातका कारण  निधन भएको हुन सक्ने भन्ने अनुमान काटिएको छ। उनको शबलाई माहाराजगञ्ज स्थित त्रि.वि. शिक्षण अस्पतालमा पोस्टमार्टमको लागि लगिएको छ। पोस्टमार्टम रिपोर्ट पछि मात्र उनको मृत्युको कारण थाहा हुने बताईएको छ।

चितवनका स्थायी बासिन्दा खतिवडा उनको पछिल्लो फिल्म ‘मेरो मान्छे’को पोस्ट प्रोडक्शनकालागि काठमाण्डौ आएका थिए। यसअघि फिल्म ‘भेटी’ र ‘लफडा’ निर्माण गरिसकेका खतिवडा‍ रक्तचाप पिडित रहेको बताईएको छ। उनले गत कार्तिक तेश्रो साता देखि फिल्म “मेरो मान्छे”  निर्माण सुरु गरेका थिए। फिल्ममा मोडल सगुन शाही मुख्य नायिकाको भूमिकामा खेलेकी छिन्।

SUBSCRIBE 👉