सुनपानीको विशेष प्रदर्शनी


Sunpani-Movieग्ल्यामर नेपाल, काठमाडौं ।
गुञ्जन एण्ड कुुसुम फिल्मस्को प्रस्तुतिमा लायन चेत बहादुर सिंह (राजा)को निर्माणमा र सबिन बास्तोला (गीरधारी)को कथा,निर्देशनमा बनेको फिल्म सुनपानीको जयनेपाल हलमा विशेष प्रदर्शन गरिएको छ ।

ने.क.पा.एमालेको गण्डकी सम्पर्क कमिटिको सहयोगार्थ भएको च्यारिटि शोमा एमालेका केन्द्रिय सदस्य पूर्वमन्त्री किरण गुरुङ प्रमुख अतिथि थिए । थुप्रै चेतनामूलक टेलिश्रृङ्खलाहरुमा निर्देशन तथा अभिनय गर्दै आएका निर्देशक बास्तोलाले फिल्ममा जातीय छुवाछुत र वर्गीय शोषण विरुद्ध शसक्त प्रस्तुति गर्दै मुख्य पात्र गंगाधर पण्डितको भूमिकामा अभिनय गरेका छन् ।

फिल्ममा दलित परिवारको भूमिकामा तारा के.सी.,अग्रज के.सी. र आशा भुषालको अभिनय रहेको छ । उनीहरुबाहेक नविन तिम्सिना, चेतबहादुर सिंह, बुद्धिसागर खनाल, दिलिप तामाङ्ग, स्वस्तिका लामिछाने, निशा शाह, स्मृति पाण्डे, लक्ष्मण लम्साल, सिताराम तिम्सिनालगायतको फिल्ममा अभिनय रहेको छ । गणेशकुमार श्रेष्ठको छायांकन रहेको फिल्ममा बिमलराज क्षेत्रीको संगीत, कमल खालिङ्ग र नीशा शाहको नृत्य रहेको छ ।

SUBSCRIBE 👉