ग्ल्यामर नेपाल, काठमाडौं ।
फिल्ममा पहिलोपटक सिपाहीको भूमिकामा देखिएका अभिनेता आर्यन सिग्देल अभिनित फिल्म ‘पुनर्जन्म’को ‘पिरो पिरो’ बोलको भिडियो सार्वजनिक भएको छ । गीतमा आर्यन र सुस्मिता शाहीले फिचरिङ गरेका छन् ।
प्रल्हाद तिमिल्सिना र मिलन अमात्यको स्वर रहेको गीतमा बसन्त सापकोटाको संगीत र राजेन्द्र थापाको शब्द रहेको छ । फिल्मका निर्देशक तथा सम्पादक सजन श्रेष्ठ हुन् । मोहनकृष्ण श्रेष्ठ र भद्रबहादुर शाहीले निर्माण गरेको फिल्मले द्वन्द्वको कथालाई समेटेको छ ।
आगामी फागुन २२ गतेबाट अल नेपाल रिलिज हुने फिल्म एमके इन्टरटेनमेन्टको व्यानरमा बनेको हो । फिल्ममा गजित विष्ट, केकी अधिकारी, विजय लामा, मिथिला शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, देशभक्त खनाल र रुष्मा श्रेष्ठ लगायतको अभिनय रहेको छ । फिल्ममा बसन्त सापकोटा र जयन्त शर्माको संगीत, कविराज गहतराजको नृत्य, अष्ट महर्जनको द्वन्द्व, मिलन अमात्य, प्रल्हाद तिमिल्सिना, अञ्जु पन्त र जितु श्रेष्ठको स्वर र शिव ढकाल तथा नवराज कृष्ण थापाको छायांकन रहेको छ ।
