साइकलको स्वास्थ्य शिविर


Harshika-Shrestha-Vikky-Mall (4)ग्ल्यामर नेपाल, काठमाडौं ।
रिलिजको तयारीमा रहेको फिल्म ‘साइकल’को निर्माण समूहले भक्तपुरको कटुञ्जेस्थित तीनधारा चौर, युनिटी एङ्लिश स्कुल प्रांगणमा स्थानीय सुवर्नेश्वर युवा समाजको सक्रियतामा निःशुल्क औषधि वितरण शिविर गरेको छ ।

फिल्मका केही कलाकार र निर्माता तथा संगीतकार राजेन्द्र श्रेष्ठको सहभागीतामा सम्पन्न स्वास्थ्य शिविरमा ४ शय ४१ जना महिला तथा पुरुषले निःशुल्क स्वास्थ्य परिक्षण र औषधि प्राप्त गरेका थिए । स्वास्थ्य शिविरमा मध्यपुर अस्पताल थिमी र तिलगंगा आँखा अस्पतालका डाक्टरहरुले शारीरिक स्वास्थ्य जाँच, नाक–कान–घाँटी, स्त्री रोग, मधुमेह, रक्तचाप तथा हाड–जोर्नी सम्बन्धी समस्याको निःशुल्क उपचार सेवा दिएका थिए । शिबिरमा क्लबका स्वयंसेवी, स्थानियबासीदेखि स्कुलका विद्यार्थीहरुसम्म बिरामीको सेवामा खटिएका थिए ।

फिल्मका निर्माता तथा संगीतकार श्रेष्ठले यस प्रकारको सामाजिक कार्य देशका विभिन्न गाउँमा समेत आयोजना गर्ने तयारी गरिएको बताए । साइकल आगामी ६ गतेदेखि देशभर रिलिजमा ल्याइने वितरक गोपाल कायस्थले जानकारी गराएका छन् । स्थानियबासिन्दाले साइकल राम्रो फिल्म बनेको थाहा पाएको र यसको प्रतीक्षामा रहेको बताएका छन्।

विभिन्न हिट गीत दिँदै आएका संगीतकार राजेन्द्र श्रेष्ठको निर्माण र शिव घिमिरेको निर्देशनमा बनेको साइकलमा विक्की मल्ल, हर्षिका श्रेष्ठ, दिनेश डिसी, रामचन्द्र अधिकारीलगायतका कलाकारले प्रमूख भूमिकामा अभिनय गरेका छन् ।

SUBSCRIBE 👉