मायालाई छोडेर विदेशिदा


Video-Photoग्ल्यामर नेपाल, काठमाडौं ।
गायक देव नेम्बाङको ‘माया मेरी माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । साहुको ऋण तिर्न नसकेपछि आफ्नो मायालाई छोडेर विदेशिनु पर्ने एक नेपालीको पिडालाई भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोमा सुगम नेम्बाङ र इन्दिरा लिम्बुले अभिनय गरेका छन् । गायक नेम्बाङ आफैले संगीत भरेको यो गीतलाई विवश लिम्बुले लेखेका हुन् ।

ज्ञानु सुब्बाले निर्देशन गरेको यो भिडियोका छाँयाकार विक्रम बिसी हुन् । जिवन लिम्बुको पोष्ट प्रोडक्शन, चन्द्र चौधरीको एरेन्ज र टेकेन्द्र शाहको कलर रहेको यो गीत बाध्यताले विदेशिएका नेपालीहरुले रुचाउने गायक नेम्बाङको विश्वास छ ।

SUBSCRIBE 👉