गोला प्रथाले फागुन १ लाग्ने भयो वान वे


One-Wayग्ल्यामर नेपाल, काठमाडौं ।
नेपाली फिल्मका चर्चित दुई निर्माता राजकुमार राई र प्रदीपकुमार उदयले निर्माण गरेका आफ्ना फिल्म ‘वान वे’ र ‘अधकट्टी’ फागुन १ गते अल नेपाल रिलिजको तयारी गरिरहँदा बुधबार दुवै निर्माता एकै ठाउँ भेला भएर गोला प्रथा गरेर एउटा मात्र फिल्म लगाउने निधो गरेका छन् । जस अनुसार गरिएको गोलाप्रथामा राजकुमारले फागुन १ गते फिल्म रिलिज गर्न पाउने भएका छन् ।

दुई चर्चित निर्माताको फिल्म जुध्ने भएपछि फिल्म निर्माता तथा वितरक नरेन्द्र महर्जन र चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियको सक्रियतामा समस्या समाधान गर्न गोला प्रथाको काम गरिएको थियो । नेपाल चलचित्र निर्माता संघको कार्यालयमा आयोजित कार्यक्रममा दुई वटा कुपन बनाइएको थियो, जसमा एउटा खाली थियो भने अर्कोमा फागुन १ गते लेखिएको थियो । प्रदिपले खाली कुपन तान्दा राजकुमारको हातमा भाग्य चिठ्ठा परेको थियो ।

‘हामी दुवैजना फिल्म क्षेत्रको प्रतिष्ठित संस्थासँग आबद्ध छौं, हाम्रै फिल्म जुध्दा अन्यलाई पनि नराम्रो अर्थ लाग्छ भन्ने हिसाबले सहमतिको बाटो रोजेका हौं ।’चलचित्र संघका पूर्व महासचिवसमेत रहेका प्रदीपले भने । यस्तै नेपाल चलचित्र निर्माता संघका अध्यक्षसमेत रहेका राईले फिल्मको प्रदर्शनमा बाटो खुलाउने यस्तो किसिमको काम अन्यले पनि सिक्नु पर्ने बताए । सुरज सुब्बा नाल्बो निर्देशित फिल्म ‘वानवे’ हो भने ‘अधकट्टी’का निर्देशक सञ्चारकर्मी सुब्रत आचार्य हुन् । निर्माता उदयका अनुसार आफ्नो फिल्म विदेशको प्रदर्शनपछि नेपालमा प्रदर्शन गरिनेछ ।

SUBSCRIBE 👉