वान वेमा झल्कियो सिद्धार्थ र मालाको प्रेम


One-Wayग्ल्यामर नेपाल, काठमाडौं ।
फागुन १ गतेबाट रिलिज हुन लागेको फिल्म ‘वान वे’को गीत सार्वजनिक भएको छ । डम्बर नेपालीको शब्द र संगीत तथा सविन राईको स्वर रहेको ‘कसरी भनूँ’ बोलको गीतमा अभिनेता सिद्धार्थ गुरुङ र माला सुब्बाले फिचरिङ गरेका छन् । गीतमा संगीता श्रेष्ठले कोरियोग्राफी गरेकी छन् ।

आरसी पिक्चर्सको व्यानरमा राजकुमार राईले निर्माण गरेको फिल्मका निर्देशक सुरज सुब्बा नाल्बो हुन् । राजीव गुरुङ निर्माता रहेको फिल्ममा करिश्मा मानन्धर, रविन तामाङ, विल्सनविक्रम राई, आकाश खवासलगायतको अभिनय छ । फिल्ममा विपिन मल्लको सम्पादन, डा. प्रदिप भट्टराईको लेखन र हरि घले लामाको छायांकन रहेको छ ।

SUBSCRIBE 👉