मोडल अरुणा भन्छिन् – ग्ल्यामर आकर्षण उमेर छउन्जेल मात्र हो


Aruna-Lama-Yonjan-Model

बिगत चार वर्षदेखि र्‍याम्प मोडलिङमा सक्रिय छिन् मोडल अरुणा योञ्जन (लामा)। २२ वर्षीय अरुणा आगामी दिनमा आफ्नो करियरलाई कसरी अघि बढाउने भन्ने विषयमा गम्भीर छिन्। ‘मोडलिङमा मात्र करियर बन्ने अवस्थामा छैन, अरुणा भन्छिन् – ‘अब फेसन, मोडलिङ तथा चलचित्र तीनवटै क्षेत्रमा सम्भावना खोज्नुपर्ने बेला आएको छ।’ आफ्नो आकर्षक अनुहार, हाइट तथा ट्यालेन्टका कारण उनलाई मोडलिङ टिक्न सहज छ, तर यो आकर्षण उमेर छउन्जेल मात्र हो भन्ने अरुणाले भनिन।

साप्ताहिकमा प्रकाशित मोडल अरुणा योञ्जनको तस्वीर हेर्नुहोस्- Click Here

५ फिट ४ इन्च अग्ली अरुणाले फेसन शोमा क्याटवाक गर्दै मोडलिङ यात्रा प्रारम्भ गरेकी हुन्। यो अवधिमा उनले चार दर्जनभन्दा बढी फेसन शोमा आफूलाई प्रस्तुत गरिसकेकी छिन्। त्यसो त अरुणा अभिनयमा पनि अब्बल छिन्। दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी अरुणालाई नेपाली चलचित्रमा डेब्यु गर्ने रहर नभएको होइन, तर आफू सुहाउँदो भूमिकाको अभावमा उनी यो क्षेत्रमा आउन सकिरहेकी छैनन्। फुर्सदमा नृत्य गर्न मन पराउने अरुणा क्याजुअल वेयरकी पारखी हुन्।

– कृष्ण भट्टराई / कान्तिपुर साप्ताहिक

SUBSCRIBE 👉